विश्वकप फुटबल : फ्रान्स र अस्ट्रेलिया भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : फ्रान्स र अस्ट्रेलिया भिड्दै

काठमाडौं। कतार विश्वकप फुटबलको तेस्रो दिनको खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्दै छन्। अल जनुब स्टेडियममा मङ्गलबार हुने खेलमा फ्रान्स र अस्ट्रेलिया नेपाली समयअनुसार राति पौने १ बजे आमने-सामने हुनेछन्।

साविक विजेता फ्रान्स आफ्नो स्टार प्लेयरहरूको अनुपस्थितिमा पनि अस्ट्रेलियामाथि जित निकाल्ने योजनामा रहेको छ। करिम बेन्जेमा केलियन एमबाप्पे र एन्टोइन ग्रिजम्यानले फ्रान्सलाई बलियो रूपमा प्रस्तुत गर्ने देखिन्छ।

विश्वकपमा यो फ्रान्स र अष्ट्रेलियाको दोस्रो भिड्न्त हो। सन् २०१८ को विश्वकपमा फ्रान्स र अस्ट्रेलियाको भेट भएको थियो। समूह चरणमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो। फ्रान्सले यसपटक पनि त्यस्तै, प्रदर्शन देखाउन चाहन्छ।

अन्तर्राष्ट्रिय खेलमा ५ पटक भिडेका छन्। जसमा फ्रान्सले ३ पटक जित निकालेको छ । अस्ट्रेलियाले १ मा जित निकाल्दा १ खेल भने बराबरीमा सकिएको थियो। तर, अस्ट्रेलिया भने विगतको संस्करणबाट सिक लिएर फ्रान्सलाई कडा चुनौती प्रस्तुत गर्न मैदान प्रवेश गर्नेछ।

अस्ट्रेलियाले लागातार पाँचौंपटक विश्वकपमा स्थान पक्का गरेको हो। अस्ट्रेलिया दोस्रोपटक अन्तिम १६ मा स्थान बनाउने योजनामा रहेको छ। यसअघि, सन् २००६ मा अस्ट्रेलियाले अन्तिम १६ मा प्रवेश गरेको थियो।

थोरै अनुभवी तथा अत्याधिक टोकियो ओलम्पिकका यू–२३ का युवा खेलाडीहरूलाई समेटेर अस्ट्रेलियाली टोली निर्माण गरिएको छ। विश्वकपको अनुभवको कमी भए पनि अष्ट्रेलियाले उर्जाको सानदार प्रदर्शन गरिने आशा गरिएको छ।

समूह ‘डी’ मा अस्ट्रेलिया र फ्रान्ससँगै ट्युनिसिया र डेनमार्क रहेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved