देशभर उत्साहपूर्वक मतदान जारी (तस्वीरहरु)

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत आज उत्साहपूर्वक मतदान भइरहेको छ। संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन हो। यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो।

नेपालभ्युज

देशभर उत्साहपूर्वक मतदान जारी (तस्वीरहरु)

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत आज उत्साहपूर्वक मतदान भइरहेको छ। संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन हो। यसअघि २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो।

देशभरका मतदान केन्द्रमा धमाधम मतदान भइरहेका छन्। बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दल भाग लिँदै छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । समानुपातिकतर्फ दुई हजार १९९ जना उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved