एमालेलाई विमलेन्द्र निधिको प्रश्न- कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ?

एमालेलाई विमलेन्द्र निधिको प्रश्न- कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ?

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन् ।

पाँचदलीय गठबन्धनले जनकपुरमा बिहिबार आयोजना गरेको चुनावी सभामा निधिले एमाले नेतृत्वलाई प्रश्न गर्दै भने, ‘कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ?’

नागरिकता विहीन ७ लाख नेपालीलाई दिलाउन कांग्रेसले अघि बढाएको नागरिकता सम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाइ थियो।

संसद्ले दुई दुई पटक पारित गराएर पठाएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता विधेयक स्वीकृत गराउने विश्वास दिलाए ।

निधिले मंसिर ४ को निर्वाचन पश्चात देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे।

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने  भन्दै उनले भने,’मंसिर ४ को चुनावमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व हो। कांग्रेसले सक्षम उम्मेदवारहरु उठाएको छ ।’

उनले कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको जिकिर गरे । उनले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको दाबी गर्दै भने, ‘गठबन्धन कै सहमति अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा चुनाव लडेको र त्यसमा आफूहरू ७० वटा सिट जित्ने लगभग निश्चित रहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved