निर्वाचनमा खटिएका कर्मचारी मतदान सामग्री लिएर मतदानस्थल पुग्दै

निर्वाचनमा खटिएका कर्मचारी मतदान सामग्री लिएर मतदानस्थल पुग्दै

जनकपुरधाम। धनुषाको विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले निर्वाचनसम्बन्धी सामग्रीहरू बुझ्ने क्रम आज बिहानदेखि नै शुरु भएको छ ।

जनकपुरधामको निधि भवनमा रहेको मुख्य निर्वाचन अधिकृत तथा अन्य तीन वटा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी ५२ प्रकारका सामाग्रीहरू बुझिरहेका छन् ।

यसैगरी सहायक कर्मचारीहरूले पनि निर्वाचनमा खटेबापत पाउने भत्ता पनि बुझिरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

धनुषा जिल्लामा रहेको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा गरेर ३ सय २२ मतदान स्थलमा ६ सय ५ मतदान केन्द्रहरू रहेका छन्। जसमध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ वटा सामान्य मतदान स्थल रहेका छन् ।

सबै मतदान केन्द्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले निर्वाचनमा प्रयोग हुने सामाग्रीहरू बुझेर रुजु गर्दै आफ्नो कार्यक्षेत्र तिर प्रस्थान गर्दै गरेका छन् ।

निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरू खटिएको निर्वाचन क्षेत्रमा पुगेर निर्वाचन निर्देशिका तथा मतदान निर्देशिका अनुसार सूचना प्रकाशित गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

पाँच बजेसम्ममा मदिरा निषेधित क्षेत्र, चार किल्ला तथा मतदान केन्द्र तोकिएको विषयमा सूचना जारी गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिनिभिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जना, क्षेत्र नम्बर–२ मा १६ जना, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् । यस्तै प्रदेशसभा १ को (क) मा १४ जना, (ख) मा १४ जना उम्मेदवार छन् भने २ को (क) मा १४ जना र (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० जना र (ख) मा २७ तथा ४ को (क) मा १९ जना र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको छ । ८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् ।

मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवक समेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कुल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved