जी-२० सम्मेलनमा सी र बाइडेनबीच भेट

उत्तर कोरियाको आणविक परीक्षण रोक्न चीनको सहयोग लिँदै अमेरिका

नेपालभ्युज

उत्तर कोरियाको आणविक परीक्षण रोक्न चीनको सहयोग लिँदै अमेरिका

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार इन्डोनेसिया पुगेका चिनियाँ नेता सी चिनफिङलाई जी २० शिखर सम्मेलनमा पहिलो आमनेसामने बैठकमा उत्तर कोरियामाथि लगाम लगाउन आग्रह गर्ने वाचा गरेका छन् ।

राष्ट्रपति बाइडेनले सोमबार बालीमा आफ्ना चिनियाँ समकक्षीसँगको भेटअघि नोम पेन्हमा दक्षिणपूर्वी एसियाली नेतालाई भेटेका थिए । छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदैछ ।

जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।

वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

बाइडेनले सी चिनफिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved