सागरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने लौरो अभियानको घोषणा

नेपालभ्युज

सागरलाई  प्रधानमन्त्रीको उम्मेदवार बनाउने लौरो अभियानको घोषणा

काठमाडौं । डडेलधुराबाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार रहेका सागर ढकाललाई हाम्रो नेपाल पार्टी (लौरो अभियान)ले संसद्मा प्रधानमन्त्रीको उम्मेदवारको  रुपमा उभ्याउने भएको छ ।

शनिबार  पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै ४ मंसिरको चुनावपछि बन्ने संसद्मा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरिरहेका ढकाल स्वतन्त्र उम्मेदवारको रूपमा सुई चिह्न लिएर निर्वाचनमा होमिएका छन् भने हाम्रो नेपाल पार्टीका नेताहरूले लौरो चुनाव चिन्ह्र लिएर ‘लौरो अभियान’ संचालन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved