यो पटक ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल

नेपालभ्युज

यो पटक ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल

रुपन्देही। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन् ।

उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरूबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे ।

उनले भने– ‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक छौं । विगतका कुनै पनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधिसभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।’

उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको पनि बताए । उपाध्यक्ष  पौडेलले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved