शाहरुखको २७ वर्ष पुरानो फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ पुन: रिलिज

नेपालभ्युज

शाहरुखको २७ वर्ष पुरानो फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ पुन: रिलिज

काठमाडौं। शाहरुखको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ फिल्म फेरि रिलिज भएको छ ।  सन् १९९५ अक्टोबर २० मा रिलिज भएको आदित्य चोपड़ा निर्देशित फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको हो ।  फिल्म अभिनेता शाहरुखको ५७औं जन्मदिनको अवसर पारेर फेरि रिलिज गरिएको हो ।

डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ । शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शनमा आएको हो । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँ राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले फिल्मले थोरै फिल्म हल पाएको छ । जति पाएको छ, त्यसमा राम्रो व्यवसाय गरिरहेको छ । १९९५ मा ४ करोड लागतमा बनेको यो फिल्मले सो समय ८९ करोड कमाएको थियो ।

फिल्मको ओभरसिज व्यवसाय मात्र १३.५ करोड रहेको थियो । १९९६ मा पनि फिल्मको राम्रो क्रेज थियो । शाहरुख र काजोल अभिनित फिल्मले १९९६ को अन्त्यसम्म २ सय करोड कमाएको थियो । २०२० सम्म आउँदा फिल्मले ४५५ करोड कमाउन सफल भएको छ । फिल्म रिलिज भएको अहिले २७ वर्ष भएको छ । अहिले पनि यो फिल्मले दर्शक पाइरहेको छ । –दैनिक भास्कर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved