प्रधानमन्त्रीले ५ मिनेट पनि बोल्न दिनुभएन : सागर ढकाल

नेपालभ्युज

प्रधानमन्त्रीले ५ मिनेट पनि बोल्न दिनुभएन : सागर ढकाल

काठमाडौं । डडेलधुराबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाले एउटै कार्यक्रममा ५ मिनेट पनि बोल्न नदिएको बताएका छन् ।

देउवासँग प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गरेका ढकालले बिहिबार सामाजिक संजालमा एक सन्देश लेख्दै ५ मिनेट प्रधानमन्त्रीसँगै एउटै कार्यक्रममा बोल्न पाउ भनेर बिहानै देखि प्रयास गर्दा पनि बोल्न नपाएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ ५ मिनेट सम्माननीय प्रधानमन्त्रीसँगै एउटै कार्यक्रममा बोल्न पाउ भनेर बिहानै देखि प्रयास गर्दा पनि बोल्न दिनुभएन‌ । जे भएपनि आज मेरा प्रतिष्पर्धी शेर बहादुर ज्युलाई स्वागत गर्न पाए, फुल दिए। पछाडि बसेर सबै कार्यक्रम सुने ।’

उनले आफ्ना प्रतिष्पर्धीलाई स्वागत गरेर फूल दिएको र पछाडी बसेर सबै कार्यक्रम सुनेको बताएका छन् ।

यो पनि 

ओलीले संसद् भंग गरेका कारण प्रधानमन्त्री बन्न पुगेँ : देउवा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved