ओलीले संसद् भंग गरेका कारण प्रधानमन्त्री बन्न पुगेँ : देउवा

डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेकोले संविधानको रक्षा गर्न गठबन्धन भएको र आफू प्रधानमन्त्री बनेको बताएका हुन् ।

नेपालभ्युज

ओलीले संसद् भंग गरेका कारण प्रधानमन्त्री बन्न पुगेँ : देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् भंग गरेका कारण आफु प्रधानमन्त्री भएको बताएका छन् ।

बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेकोले संविधानको रक्षा गर्न गठबन्धन भएको र आफू प्रधानमन्त्री बनेको बताएका हुन् ।

सम्बोधनका क्रममा कांग्रेस सभापति समेत रहेका देउवाले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप समेत लगाए। उनले नेपालले हजारौं नागरिकको बलिदानी बाट उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको बताए ।

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन, उनले भने, ओलीकै कार्यविरुद्धमा हालको ५ दलीय गठबन्धन बनेको हो।’ ५ दलीय गठबन्धन राष्ट्र हितको लागि भएको हुदाँ १०/१५ वर्षसम्म पनि चलाउने इच्छा रहेको उनले बताए ।

उनले पश्चिमसेती जल विद्युत् परियोजनाको काम अगाडि बढेको र धनगढी–डडेलधुरा सडकलाई ४ लेनको रूपमा विस्तार गरिने जानकारी दिए । त्यस्तै उनले डडेलधुरा मेडिकल कलेज निर्माणलाई अगाडि बढाइने पनि प्रतिबद्धता ब्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved