लिड्ससँग लिभरपुल २-१ गोल अन्तरले पराजित

नेपालभ्युज

लिड्ससँग लिभरपुल २-१ गोल अन्तरले पराजित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको छ।

शनिबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडले २-१ गोल अन्तरले हराएको हो। लिड्सले लिभरपुललाई एनफिल्डमै हराएको हो।
खेलको चौंथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए।

त्यसपछि खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए। जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोडेको छ। लिड्स १५ औं स्थानमा उक्लिएको छ। लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved