माओवादीको चुनावी गीत सार्वजनिक, चेतन र स्मिताको स्वर (भिडियो)

नेपालभ्युज

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी  नेकपा माओवादी (केन्द्र) को को चुनावी गीत सार्वजनिक भएको छ । अखिल नेपाल सांस्कृतिक महासंघका उपाध्यक्ष चेतन सापकोटाले चुनावी गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका हुन्  ।

प्रचण्डलाई केन्द्रमा राखेर गीत तयार गरिएको सापकोटाको शब्द तथा संगीत रहेको गीतमा उनलाई स्वरमा  स्मिता दाहालले साथ दिएकी छन् ।

गीतमा प्रचण्डले गणतन्त्र ल्याएको, गोरखाबाट सम्बृद्धिको यात्रा तय गरिएको बताउँदै समाजवादको सोझो यात्रा समेत उनले गर्ने भनिएको छ ।

प्रचण्डले अहिलेसम्म सोचेजस्तो गर्न नपाएको  भनिएको गीतमा ‘गठबन्धन’लाई जिताउन  सबैलाई आग्रह गरिएको छ ।

संगीतकार सापकोटाकै निर्देशन रहेको भिडियोमा  सम्राट थापाको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा चेतन सापकोटा, सिमरन कार्की, सुष्मा कार्की लगायतले अभिनय गरेका छन् भने  भिडियो राज पोखरेलले छायांकन गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved