नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलको स्वर्ण एपीएफलाई  

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला फुटबलको स्वर्ण एपीएफलाई  
फाइल फोटो

वालिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागीय टोली एपीएफ क्लबले स्वर्ण पदक जितेको छ।

बिहीबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।

स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक गोल फर्काइन् ।

कांस्यपदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कांस्य पदकका लागि भएको खेलमा आर्मी क्लबले प्रदेश एक पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved