नवौं राष्ट्रिय खेलकुद : ज्योतिको अर्धशतकमा एपीएफ फाइनलमा

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : ज्योतिको अर्धशतकमा एपीएफ फाइनलमा

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा एपीएफले लगातार पाँचौँ जित निकाल्दैँ फाइनलमा पुगेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको हो।

टस जितेर लुम्बिनीले फिल्डिङ रोजेसँगै एपीएफ ब्याटिङमा उत्रियो । एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २९ रन बनायो । उसको लागि ज्योति पाण्डेले नटआउट ६९ र रोमा थापाले नटआउट १२ रन बनाइन् । ज्योतिले ६१ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाइन् ।  लुम्बिनीका लागि कृतिका मरासिनीले २ र मनीषा रानाले १ विकेट लिए ।

१३० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनी १८ ओभर २ बलमा प्याक हुँदा मात्र ६२ रन बनायो । एपीएफको बलिङमा लुम्बिनीका ब्याटर निरीह भए । एपीएफका लागि नेरी थापाले ४ तथा रेखा रावल, सुमन विष्ट, इन्दु राना मगर र सीता राना मगरले १–१  विकेट लिए ।

दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश दिउँसो भिड्दै छन् । समूह ‘बी’ का विजेता नेपाल पुलिस र समूह ‘ए’ का उपविजेता बागमती भिड्दै छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved