माओवादी नेताहरूलाई घनश्यामको आग्रह- चुनावको दिन भारी मत बोकेर फर्कनु

नेपालभ्युज

माओवादी नेताहरूलाई घनश्यामको आग्रह- चुनावको दिन भारी मत बोकेर फर्कनु

रुपन्देही । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भूसालले माओवादीका नेताहरूलाई चुनावको दिनमा भारी मत बोकेर फर्कन आग्रह गरेका छन् ।

शनिबार रुपन्देहीमा वाम-लोकतान्त्रिक गठबन्धनको एक घटक माओवादी केन्द्रको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भूसालले गठबन्धनभित्र कसैले आशंका गर्न नहुने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा पुनस्थापना गराउने नेता प्रचण्ड नै भएको दाबी पनि गरे । मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनले शानदार जित ल्याउने दाबी गरेका हुन्। ‘दुई पटक संसद विघटन भयो। जसले जे भनेपनि पहिलो पटक संसद विघटन हुँदा त्यसको पुनर्स्थापना गर्ने नेता प्रचण्ड नै हुन् ।’ उनले दोस्रो पटक पुनर्स्थापना गर्ने नेता शेरबहादुर देउवा भएको उल्लेख गर्दै भने, ‘त्यसैले वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य छ।’

उनले गठबन्धनले शानदार जित निकाल्नुपर्नेमा जोड दिए । ‘हामीले शानदार जित निकाल्नुपर्छ। हाम्रो यो लडाइँ हो। नेपालमा जतिपनि ठुला परिवर्तन भए वाम–लोकतान्त्रिक गठबन्धनबाट भएका छन्’ उनले भने, ‘क्रान्तिका शक्ति फुटेपछि कहिलेपनि क्रान्ति हुन सक्दैन। वाम–लोकतान्त्रिक शक्ति एक ठाउँमा आएकाले नै संविधान बनेको हो। हामीले यसलाई बचाउनुपर्छ।’

वाम–लोकतान्त्रिक गठबन्धन जोगाउन नसके अहिलेसम्मको उपलब्धि खेर जाने उनको तर्क थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved