नवौं राष्ट्रिय खेलकुद

१०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित सरस्वतीलाई स्वर्ण

नेपालभ्युज

१०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित सरस्वतीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीको कीर्तिमान केही घण्टामै तोडिएको छ ।

त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै सरस्वतीले उपाधि जितिन् । उनले उक्त दुरी १२.१३ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएकी हुन् । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् ।

शनिबार नै हिटमा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा उनले दुरी पूरा गर्न १२.२२ सेकेण्ड लगाइन् र  रजतमा चित्त बुझाइन । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्डमा दौड पुरा गरेर काँस्य पदक जितिन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved