उम्मेदवारको प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रारम्भ : आयोग

नेपालभ्युज

उम्मेदवारको प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रारम्भ : आयोग
फाइल तस्वीर

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ गरेको जनाएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै  निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा नलाग्न र सामाजिक सञ्जालमार्फत् पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसार नगर्न शिक्षक, कर्मचारीलाई सचेत गराएको हो ।

आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ । ‘

‘त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाइ बधाइ र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीहरूको सेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved