गुल्मीमा झाँक्रीविरूद्ध कांग्रेस नेताको उम्मेदवारी

नेपालभ्युज

गुल्मीमा झाँक्रीविरूद्ध कांग्रेस नेताको उम्मेदवारी

गुल्मी । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध गुल्मी क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । झाँक्री सत्ता गठबन्धनबाट सोही क्षेत्रबाट उम्मेदवार बनेकी हुन् ।

भुसाल नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापति पनि हुन् । उनी यसअघि लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए ।

नेपाली कांग्रेस गुल्मी क्षेत्रीय समितिले उनलाई प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो । सत्तारूढ गठबन्धनमा भागबन्डाको क्रममा उक्त क्षेत्र एकीकृत समाजवादीको भाग परेको थियो ।

झाँक्रीले मनोनयन दर्ता गरेपछि उनलाई टक्कर दिँदै डा भुसालले पनि मनोनयन दर्ता गरेका हुन् ।

सोही क्षेत्रमा नेकपा एमालेबाट गोकर्णराज बिष्टले पनि मनोनयन दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved