नेसपा अध्यक्ष यादवले दिए सर्लाही-२ बाट उम्मेदवारी

नेपालभ्युज

नेसपा अध्यक्ष यादवले दिए सर्लाही-२ बाट उम्मेदवारी

सर्लाही । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महेन्द्र राय यादवले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।

पूर्व कृषि मन्त्री समेत रहेका अध्यक्ष यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा १ बाट सत्तारुढ गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुनिल कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २ बाट सत्तारुढ गठबन्धनकै तर्फबाट नेपाली काङ्ग्रेसका कौशल किशोर रायले उम्मेदवारी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved