कमल थापाले एमालेको चुनाव चिन्हबाट दर्ता गराए मनोनयन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यकर्ताबिना सुटुक्क मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा–१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

नेपालभ्युज

कमल थापाले एमालेको चुनाव चिन्हबाट दर्ता गराए मनोनयन

हेटौँडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यकर्ताबिना सुटुक्क मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेको समर्थनमा सूर्य चिन्हमा मकवानपुर प्रतिनिधिसभा–१ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

उनले भाइ गणेश थापा, श्रीमती र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई गाडीमा गएका उनले सवा १ बजे मनोनयन दर्ता गरेका एमालेका नेताहरूले बताएका छन्।

एमालेको चुनाव चिन्हमा मनोनयन दर्ता गरे पनि उनको साथमा एमाले नेता कार्यकर्ता थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved