सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई न संघ न प्रदेशको टिकट, प्रदेशमा स्वकीय सचिव सिंह लड्ने

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई न संघ न प्रदेशको टिकट, प्रदेशमा स्वकीय सचिव सिंह लड्ने

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकट पाउनबाट बञ्चित भएका छन्। डोटीबाट प्रतिनिधि सभाको टिकटका लागि प्रयासरत भट्ट अन्तत: प्रदेशको टिकटबाट पनि बञ्चित भएका हुन्।

भट्टको ठाउँमा उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले प्रदेश सभामा १ र माओवादी केन्द्रले प्रदेश सभा २ को टिकट पाएका छन्।

प्रदेश सभा २ बाट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव ओलीले निर्वाचन लड्ने माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरीले बताए।

प्रतिनिधि सभा सदस्यका लागि डोटीबाट पूर्व मन्त्री प्रेम आले निर्वाचन लड्दैछन्। मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने सोचमा थिए। तर उनका स्वकीय सचिवले टिकट पाएका छन्। ओली माओवादी केन्द्र डोटीका इन्चार्ज पनि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved