म्यान्चेष्टर डर्बीः फोडेन र हाल्याण्डको ह्याट्रीकसँँगै सिटीको शान्दार जित

म्यान्चेष्टर डर्बीः फोडेन र हाल्याण्डको ह्याट्रीकसँँगै सिटीको शान्दार जित

काठमाडौं । इङ्लिश प्रिमियर लिगअन्तर्गत म्यान्चेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ । सिटीको घरेलु मैदानमा आइतबार भएको खेलमा सिटीले यूनाईटेडलाई ६–३ गोल अन्तरले पाराजित गरेको हो । छैटौँ जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

सिटीका लागि फिल फोडेन र एर्लिङ हाल्याण्डले गोल गरे । यूनाईटेडका लागि एन्टोनी सान्तोस र एन्थोनी मार्सियलले गोल फर्काए ।

खेलको ८, ४३ र ७३ औँ मिनेटमा फोडेनले सिटीको लागि गोल गरे । हाल्याण्डले खेलको ३४, ३८ र ६५ औँ मिनेटमा गोल गरे ।

खेलको ५६ औँ मिनेटमा एन्टोनीले यूनाईटेडको लागि गोल गरे । खेलको ८४ औँ मिनेटमा एन्थोनीले यूनाईटेडको लागि गोल गरे । ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा पनि एन्थोनीले गोल गरे ।

अर्को खेलमा लिड्स यूनाईटेड र एस्टन भिल्ला राति सवा ९ बजे आमने सामने हुनेछन् । यूनाईटेड र भिल्ला तेस्रो जितको खोजीमा रहेका छन् । ८ अंक भएको यूनाईटेड १३ औ स्थानमा छ । ७ अंकसहित भिल्ला १४ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved