कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

नेपालभ्युज

कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेका छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश

प्रमुखको कार्यभार शेरचनलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved