फिलिपिन्समा ‘नोरु’ आँधीबाट आठ जनाको मृत्यु

नेपालभ्युज

फिलिपिन्समा ‘नोरु’ आँधीबाट आठ जनाको मृत्यु
फाइल फोटो

मनिला। सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ । नोरु आइतबार दिउँसो अवतरण गरेको केही घण्टापछि एजेन्सीले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ ।

यस एजेन्सीले ती तीन जनाको कसरी मृत्यु भयो भन्ने विवरण भने दिएको छैन । एजेन्सीले मनिलाको दक्षिणपूर्वी बिकोल क्षेत्रमा थप तीन जना हराइरहेको बताएको छ । फिलिपिन्स विश्वव्यापीरूपमा सबैभन्दा प्रकोप–प्रवण देशहरूमध्ये एक हो ।

मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्वीपसमूह देशले वार्षिक २० टाइफुनहरू आउने गरेको पाइन्छ । यीमध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved