कर्णाली प्रदेश प्रहरी कार्यालयको सुरक्षा रणनीति : चाडबाडमा आपराधिक घटना नियन्त्रण

कर्णाली प्रदेश प्रहरी कार्यालयको सुरक्षा रणनीति : चाडबाडमा आपराधिक घटना नियन्त्रण

सुर्खेत। कर्णाली प्रदेशमा प्रहरी कार्यालयले चाडवाड ससुरक्षा योजना तयार पारेको छ । असोज ९ गतेदेखि लागू हुने गरी सुरक्षा योजना तयार पारेको हो ।
नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा तयार पारिएको चाडपर्व सुरक्षा कार्य योजना तयार पारेको हो ।

चाड दशैं, तिहार र छठ पर्वको सुरक्षाका लागि चार हजार एक सय ४१ प्रहरी परिचालन गर्ने भएको छ । चाडबाडका लागि क्वीआरटी परिचालन एक सय २५ वटा, नियमित चेक प्वाइन्ट ३१ स्थान, ट्राफिकसहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण चेकिङ १८ स्थान, झैं–झगडा, जुवातास, चोरी, लुटपाट, मापसे नियन्त्रण ८६ स्थानमा, मोबाइल गस्ती र पैदल गस्ती दुई ६५ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा, कर्डन सर्च एन्ड एम्बुस् १० स्थानमा, विशेष चेकिङ (लामो दूरीको सवारी चेकिङ (२ वटा चालकको व्यवस्था) १८ स्थानमा र नागरिक सहायता कक्ष २६ स्थान सञ्चालन गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित÷आपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने, कुनै प्रकारको दुव्र्यवहार तथा आपराधिक घटना हुन गर्न नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्यका साथ सुरक्षा रणनीति अपनाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गरी तत्काल आवश्यकताअनुसार सम्बन्धित स्थानमा सुरक्षाकर्मीहरू परिचालन गर्ने, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन-गर्न नदिने र सो कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रहरीको सुरक्षा रणनीति रहेको छ’ उनले भने, ‘सडक सुरक्षा एवं सुदृढ ट्राफिक व्यवस्थापन गरी यात्रुहरूलाई सुरक्षितरूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गरी सरोकारवाला पक्षहरूसँग समन्वय गर्ने लक्ष्य राखेका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved