समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

नेपालभ्युज

समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट आजै निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । अध्यक्ष प्रचण्ड आएपछि माओवादीले अपराह्न साढे ४ बजे बुझाउने तयारी गरेको हो।

‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ त्यसपछि समानुपातिक फाइनल गर्नेछौ’ माओवादीका एक नेताले भने– ‘पदाधिकारी बैठकले निर्णय गरेपछि लिष्ट लिएर साढे ४ बजेतिर बुझाउने तयारी गरेका छौ ।’

माओवादीले समानुपातिक लिष्ट फाइनल गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । सोही कार्यदलले फाइनल गरेपछि पार्टी पदाधिकारीले निर्णय गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved