प्रिय पात्र

केही जीवन्त पात्र

हिजो ‘बसाइँ’ उपन्यासका बहिदार र नन्दे ढकाल आदिबाट घरबार हड्पिएर धनबहादुर बस्नेतहरू बसाइँ जानु पर्थ्यो। यस जनयुद्धमा परिदृश्य उल्टियो। कतिपय बहिदार र नन्दे ढकालले घरबारी त्यत्तिकै छोडेर बस्तुभाउ फुकाएर राजधानी र कतिपय त द्वन्द्वपीडितका नाममा अमेरिकासमेत बसाइँ जानुपर्‍यो।

केही जीवन्त पात्र

पात्रविधान, आख्यान अर्थात् कथा, उपन्यासको मुख्य तत्त्व मेरुदण्ड नै हो। त्यहाँ पात्रहरूले गरेका गतिविधि र खेलेको भूमिकाबाटै कृति र कृतिकारको लक्ष्य र उद्देश्य पूरा हुन्छ। हाम्रा रामायण, महाभारतका पात्रहरूले त्यो सामन्तवादी युगका मूल्य, मान्यता, आदर्शसहितको महाविम्ब बोकेका छन्।

हाम्रै नेपालीमा हेर्दा आधुनिक यथार्थवादी लेखनको आरम्भसँग आफ्नो युगको विम्ब र स्पन्दन बोकेर पात्रहरू आख्यानमा आइरहेकै छन्। अलि आदर्शवादी ढङ्गले आएका ‘रुपमती’ का नारी पात्र होऊन वा अलि पछि ‘बसाइँ’ का बहिदार, नन्दे ढकाल, धनबहादुर बस्नेत, रिकुटे, झुमा आदि पात्र होऊन, तिनले पूर्वी पहाड र धेरै हदसम्म पश्चिम पहाडको ग्रामीण जीवनका यथार्थ विम्ब प्रस्तुत गरेका छन्।
हृदयचन्दसिंह प्रधानको ‘एक चिहान’ का पात्रले काठमाडाैँली जीवनका जीवन्त तस्बिर उतारेका छन्।

आफ्ना मूल्य, मान्यता र परम्पराविरुद्ध हुनाले कतिपयका निमित्त जनयुद्ध विकासकारी लागे पनि कतिपयका निमित्त युगौँदेखि सामाजिक, जातीय, क्षेत्रीय, लैङ्गिक शोषण, दमन, उत्पीडन, पक्षपात आदिले किनारीकृत हुन पुगेकाको, राज्यमाथिको अधिकार प्राप्तिका निमित्तको क्रान्ति लाग्ने गरेको छ। जसद्वारा प्रदत्त संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व आदिले त्यसतर्फको मार्ग प्रशस्त गरेको छ भन्ने छ।

हिजो ‘बसाइँ’ उपन्यासका बहिदार र नन्दे ढकाल आदिबाट घरबार हड्पिएर धनबहादुर बस्नेतहरू बसाइँ जानु पर्थ्यो। यस जनयुद्धमा परिदृश्य उल्टियो। कतिपय बहिदार र नन्दे ढकालले घरबारी त्यत्तिकै छोडेर बस्तुभाउ फुकाएर राजधानी र कतिपय त द्वन्द्वपीडितका नाममा अमेरिकासमेत बसाइँ जानुपर्‍यो।

यसै क्रममा अस्तिको सामन्तवादी युगमा लोग्नेसँगसँगै सती जानुपर्ने नारी हिजो चारदिवारीभित्रका कोठेरानी बने। तिनलाई नसके पनि कैयौँ मध्यम र निम्न वर्गीय नारीलाई जनयुद्धले काँधका बन्दुक भिराएर पुरुषसँग काँधमा काँध मिलाएर जनयुद्ध लड्न सक्ने वीरांगना बनाएको यथार्थको प्रतिविम्ब कमल निओलको ‘मुक्तिमार्ग’ नामक उपन्यासकी बिपना र ‘नयाँ संसार’ कथासंग्रहकी कल्पनाजस्ता पात्र हुन्, जसले जनयुद्धकालीन सङ्घर्षको प्रतिनिधित्व गर्छन्।

‘माधवी’ मै चौला र अझ मदनमणिको ‘भूमिसूक्त’ मा मानव सभ्यताको आदि मातृसत्तात्मक युगका प्रतिनिधि पात्र पनि छन् तर तिनले आजको नभएर वैदिक उत्तरवैदिक आर्य नारीको यथार्थ विम्ब प्रस्तुत गर्दछन्।

‘नयाँ संसार’ की कल्पना शाही सेनाको गोलीले घाइते भएर पनि काँधमा राइफल बोकेर एकसाथ आफ्नो समूहको नेतृत्व गर्दै, हौसला बढाउँदै, दुश्मनका छातीमा गोली हान्ने आदेश दिन्छे र आफैँ पनि वीरतापूर्वक आफ्नै मुटुको टुक्रालाई सधैँका लागि गुमाए पनि पीडालाई मुटुमै लुकाउँछे र शोकलाई शक्तिमा बदल्दै वेनीको युद्ध लड्छे। यो पात्रलाई अझै ठुलो आख्यानमा परिपुष्टता दिन सके म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासकी आमाको भन्दा कम प्रेरणादायक नहुने बनाउन सकिन्थ्यो कि ?

जनयुद्धले त्यति गरे पनि आजको अवस्था ध्रुवचन्द्र गौतमको कलात्मक यथार्थवादी उपन्यास ‘उपसंहार अर्थात् चौथो अन्त’ ले २०४६ पछिको यथार्थलाई जीवन्त ढङ्गले चित्रण गरेजस्तै यथार्थ आज पनि उस्तै छ। ‘उपसंहार अर्थात् चौथो अन्त’ मा २०४६ सालको परिवर्तनका निमित्त ठुलो त्याग र बलिदान गरेको निष्ठावान्, इमानदार पात्र रविलाई उक्त परिवर्तनमा आन्दोलन दबाउन लागिपरेको फटाहा, आवारा, धूर्त, बलात्कारी पात्र लक्ष्मीले परिवर्तनपछि सांघातिक हमला गराएको छ र किनारा लाएको परिवर्तनपछि पनि लक्ष्मीहरू नै सत्ता र शक्तिमा आएको यथार्थ त्यसमा छ। उपन्यासको अन्त्यमा उज्यालो र प्रजातन्त्रको प्रतीक रवि र लोभ, लालच, ठगी, बेइमानी र अझ धनको प्रतीक लक्ष्मीजस्ता पात्रलाई जीवन्त रुपमा उतारिएको छ।

पात्र त सिङ्गो उत्तरवैदिक कालको र त्यस कालका नारीको त्याग र समर्पणको उच्च उदात्त महनीय चरित्रलाई बोकेको ‘माधवी’ उपन्यासकी माधवीजस्ता पात्र पनि छन्, जसको व्यक्तित्व निकै माथि उठाइएको छ।

‘माधवी’ मै चौला र अझ मदनमणिको ‘भूमिसूक्त’ मा मानव सभ्यताको आदि मातृसत्तात्मक युगका प्रतिनिधि पात्र पनि छन् तर तिनले आजको नभएर वैदिक उत्तरवैदिक आर्य नारीको यथार्थ विम्ब प्रस्तुत गर्दछन्।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved