संघीयता र समावेशिता संस्थागत गर्ने जिम्मा हाम्रो काँधमा छ : उपेन्द्र यादव

संघीयता र समावेशिता संस्थागत गर्ने जिम्मा हाम्रो काँधमा छ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहीदहरुको शहादत बाट प्राप्त संघीयता र समावेशिता लगायतका मुद्दाहरु संस्थागत गर्ने जिम्मा आफुहरुको काँधमा रहेको बताएका छन् ।

जसपा जनकपुरधाम उपमहानगर समितिले मुजेलिया स्थित शहीदद्वारमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता र समावेशिता लगायतका मुद्दाहरु संस्थागत गर्न कहिल्यै कदम पछाडी नहटाउने प्रतिवबद्धता समेत व्यक्त गरे ।

मधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दुःख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।

मुलुकमा विभेद विरुद्धको लडाई अझै जारी रहेको उल्लेख  गर्दै अध्यक्ष यादवले शहीदहरुले देखाएको बाटो आफुहरुको मार्ग निर्देशन रहेको उल्लेख गरे ।

मधेस आन्दोनलको क्रममा २०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत प्रहरीको गोली लागि शहादत प्राप्त गरेका शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरे । ०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि संजय चौधरी, दिलिप यादव र नितु यादवको मृत्यु भएको थियो ।

शहादत प्राप्त गरेका तीनै जनाको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको शहीद गेट पुगेर अध्यक्ष यादवले शहीदहरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा मुजेलिया स्थित शहीदद्वारमा आयोजित श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडा अध्यक्ष पुण्यप्रताप यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved