भ्वाइस अफ नेपालको चौथो सिजन शुक्रबारदेखि सुरु

नेपालभ्युज

भ्वाइस अफ नेपालको चौथो सिजन शुक्रबारदेखि सुरु

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन-४ को ग्रान्ड प्रिमियर गरिएको छ । टीभीमा प्रसारण हुने पूर्वसन्ध्यामा वान सिनेमाज् हलमा ग्रान्ड प्रिमियर भएको हो । यो रियालिटी शो आज (शुक्रबार) राति ८ बजेदेखि हिमालय टीभीबाट प्रसारण हुँदैछ ।

प्रिमियरमा विज्ञापनदाता, सञ्चारकर्मी र भ्वाइसका कोचहरू राजेशपायल राई, प्रमोद खरेल र प्रविशा अधिकारी उपस्थित रहे । राजु लामा  भने जापान जाने तालिका भएकाले उपस्थित भएनन् ।

चौथो सिजनमा राजेशपायल र प्रविशा नयाँ कोचको रूपमा रियालिटी शोमा भित्रिएका छन् । प्रिमियरमा मिडियासँग कुरा गर्दै कोच राईले आफूलाई रमाइलो लागेको र टिमको कामको प्रशंसा गर्न मन लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved