जनार्दन शर्मा भन्छन, ‘म माओवादीको उपमहासचिव होइन’

नेपालभ्युज

जनार्दन शर्मा भन्छन, ‘म माओवादीको उपमहासचिव होइन’
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू उपमहासचिव नभएको प्रष्टिकरण दिएका छन् । यसअघि पार्टीले उनलाई उपमहासचिव पदमा चयन गरेको थियो ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताए । उनले भने, ‘म यहाँ उपमहासचिव होइन संगठन विभाग प्रमुखको हैसियतले आएको जानकारी गराउन चाहन्छु ।’

माओवादीमा शर्मा महासचिवका दावेदार थिए । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव र शर्मासहित ६ जनालाई उपमहासचिव बनाएका थिए । शर्माले उक्त निर्णय गर्दा नै असन्तुष्टि दिएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved