धनुषा कांग्रेसबाट ११० उम्मेदवारहरुको नाम सिफारिस

धनुषा कांग्रेसबाट ११० उम्मेदवारहरुको नाम सिफारिस

जनकपुरधाम । मंसीर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि ११० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय भेला तथा बैठकबाट सिफारिस भएर आएका ११० जनाको नाम सिफारिस गरिएको कांग्रेस धनुषा सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नं. १ का लागि प्रत्यक्ष र समानुपातिक दुवै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको एकल नाम सिफारिस गरिएको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–१ को (क) का लागि सञ्जयकुमार महतो, भोला पजियार र सुरेश यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ रामसुक यादव, मनहरि श्रेष्ठ र सरिता ठाकुरको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर–१ का जिल्ला सभापति पजियारले जानकारी दिए ।

क्षेत्र नम्बर–१ को (ख) मा प्रदेशसभातर्फ प्रत्यक्षमा लक्ष्मीनारायण मण्डल, श्यामलाल महतो र रामपल्टन साह तथा समानुपातिकतर्फ पुष्पलता लामा, मैथिल कर्ण र युसुफ राईनको नाम सिफारिस भएको जिल्ला सभापति पजियारले बताए ।

क्षेत्र नम्बर–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ पूर्वजिल्ला सभापति महेश शंकर, वसन्तकुमार गौतम, शिवधारी यादव, गणेशकुमार साह, विनोद महरान, रामकला यादव, रूपनारायण साफी, सिदेश्वर साफी, सीतादेवी मण्डल र हसिमा खातुनलगायत १० जनाको नाम सिफारिस भएर आएको जिल्ला सभापति पजियारले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर–२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ प्रेमचन्द्र झा, कूलदेव गोइत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर–२ को (ख) मा प्रत्यक्षतर्फ राजदेव यादव, उत्तिमप्रसाद मण्डल, नवीनकुमार गोहिवार, भूपनारायण यादव, भोला चौधरी, देवेन्द्रकुमार भरखेर, शिवशंकर गोइत, जगदिश चौधरी यादव र सत्यनारायण साहसहित ९ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, समानुपातिकतर्फ राजकिशोर सिंह, अनिता यादव, लक्ष्मीनारायण यादव, विजयकुमार साह, सत्यदेवप्रसाद साह, अजिताकुमारी पासवान, तस्लिम राईन, लक्ष्मी महतो, सरिता देवी रोहिता, सुष्मादेवी महरा, सुनैनादेवी रजक, जयप्रकाश ठाकुर, सत्यनारायण साह, विमलीकुमारी र शत्रुहन यादवसहित १५ जनाको नाम सिफारिस भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक तर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको जिल्ला सभापति पजियारले जानकारी दिए ।

प्रदेशसभामा क्षेत्र नम्बर–३ को (क) मा प्रत्यक्षतर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सुनिल कुमार झा (मिन्टन) र प्रिती कुमारीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर–३ को (ख) मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ हरिशंकर सहको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदिप कुमार चौधरी र किरण कुमारी झाको नाम सिफारिस भएर आएको जिल्ला सभापति पजियारले बताए ।

त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसको क्षेत्रीय भेलाले प्रतिनिधिसभा तर्फ पार्टीका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ जिल्ला सभापति योगेन्द्र पजियार र महाधिवेशन प्रतिनिधि तुलसा आचार्यको नाम सिफारिस भएको क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति कुमरकान्त झाले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर–४ को (क) का लागि प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, विक्रम यादव र शिवशंकर यादव सहित ४ जनाको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ कुमरकान्त झा, बुलन यादव, इन्दु यादव, महेन्द्र यादव, महेन्द्र साह, मो. इब्राहिम राईन लगायत २१ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति झाले बताए ।

प्रदेशसभामा क्षेत्र नम्बर–४ को (ख) का लागि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ भावना ढुंगेल, बासुलाल महतो, राजकुमार महतो, गुदर यादव, निर्मला कोइराला र प्रमिला देवी कुशवाहा सहित ६ जनाको नाम सिफारिस भएर आएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved