नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज पनि जित्यो

नेपालभ्युज

नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज पनि जित्यो

काठमाडौं । केन्याविरुद्ध लगातार दोस्रो जितसँगै एकदिवसीय सिरिज पनि नेपालले जितेको छ । ३ एकदिवसीय खेलको सिरिजमा नेपालले दोस्रो जित निकालेको हो ।

नैरोबी जिमखाना मैदानमा शनिबार बेलुका सकिएको खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्‍यो ।  २३१ रनको लक्ष्य पछ्याएको केन्यालाई ४७ औ ओभरमा २१४ रनमा अल आउट गरेर नेपालले जित हात पारेको हो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा, मोहम्मद आदिल आलम, करन केसी र पवन शर्राफले १–१ विकेट लिए ।

केन्याको लागि रकेप पटेलले ८४ रन बनाए पनि सिरिज हार टार्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल नेपालले ४९ ओभर २ बलमा अल आउट हुँदै २३० रन बनाएको थियो ।

नेपालको लागि रोहित पौडेलले ७८ रन बनाए । उनले ९५ बलमा ७ चौका प्रहार गरेका थिए । त्यसवाहेक देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे ।

बसिर अहमद १७, आदिल अन्सारी १४ र करन केसी ११ रनमा आउट भए । शुक्रबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

दुई राष्ट्रबीचको अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ । यसअघि नेपालले टी ट्वान्टी सिरिज पनि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved