म्यानचेस्टर युनाइटेड लयमा फर्कियो, लेस्टर सिटीलाई हराएर पाँचौँ स्थानमा

नेपालभ्युज

म्यानचेस्टर युनाइटेड लयमा फर्कियो, लेस्टर सिटीलाई हराएर पाँचौँ स्थानमा

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर लयमा फर्किएको छ । सिजनका सुरुका २ वटा खेल हारेको युनाइटेडबारे अनेक आशंका उत्पन्न भएका थिए । तर उसले पछिल्ला ३ खेल जितेर आशंकालाई जवाफ दिएको छ ।

लगातार तेस्रो खेल जित्ने क्रममा युनाइटेडले गएराती लेस्टर सिटीलाई १–० गोलले हरायो ।  लेस्टरको मैदानमा पाहुना टोली युनाइटेडले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । युनाइटेडका जाडोन सान्चोले खेलको २३ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै लिगमा युनाइटेडले ५ खेलबाट ९ अंक जोडेर पाँचौं स्थानमा पुगेको छ । समान खेलमा एक अंक जोडेको लेस्टर सिटी पुछारमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved