आमिरले लाल सिंह चड्ढाको पारिश्रमिक नलिने

नेपालभ्युज

आमिरले लाल सिंह चड्ढाको पारिश्रमिक नलिने

काठमाडौं । बलिउड अभिनेता आमिर खानले  हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि, फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्णरूपमा फ्लप साबित भएको छ ।

फिल्मले विदेशमा औसत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाइ बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।

फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved