अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ सुरु

अभिनेता पल शाहमाथि लागेको बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ। मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ।

नेपालभ्युज

काठमाडौं। अभिनेता पल शाहमाथि लागेको बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ। मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उनी ५ महिनाअघि पक्राउ परेका हुन्। उनी पुर्पक्षका लागि तनहुँ कारागारमा छन्। नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै ११ फागुनमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। १५ फागुनमा शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए।

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ। नवलपुर अदालतले भने २१ भदौका लागि पेशी तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved