नवराज लम्सालको ‘अग्नि’ले पायो मदन पुरस्कार, जगदम्बा–श्री श्रेष्ठलाई

नेपालभ्युज

नवराज लम्सालको ‘अग्नि’ले पायो मदन पुरस्कार, जगदम्बा–श्री श्रेष्ठलाई

काठमाडौं ।  यसवर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ले पाउने भएको छ । मदन पुरस्कार गुठीले लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै यसवर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । श्रेष्ठ बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक हुन्।

मदन पुरस्कारका लागि २९९ पुस्तकबाट ८ पुस्तक छनोटमा परेका थिए । जसमध्ये ‘अग्नि’ले मदन पुरस्कार हात पारेको हो ।

मदन पुरस्कारका लागि डा. नवराज लम्सालकाे ‘अग्नि’, डा. दामोदर पुडासैनीको ‘किशोर’ ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतकाे ‘महाभारा’, दिपा मेवाहाङ राईकाे ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलकाे ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुङ्गानाकाे ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीकाे ‘सती: इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीकाे ‘हिति प्रणाली’ सर्ट लिस्टमा परेका थिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved