दुई लघुकथा

सीताले मसरुम सुप पकाएर दिइन्। रामले सुप खाँदै भन्यो, ‘मलाई त योभन्दा गुन्द्रुकको झोल नै मीठो !’

दुई लघुकथा

१. चोरी

तिनीहरू दुई दाजुभाइ थिए। तिनीहरूमध्ये एक सडक वारि र अर्को पारि अलगअलग घरमा बस्थे। दुवैका आ–आफ्ना परिवार थिए। तिनीहरूका बाबुआमा बितिसकेका थिए।
००
तिनीहरूबीच मिलजुल थिएन। आवतजावत थिएन। बोलचाल समेत थिएन।
००
एक रात। सडक सुनसान थियो। सडक वारिको दाजु पारिको भाइको घरभित्र लुसुक्क पस्यो। बैठक कोठामा रहेको एउटा वस्तु टिपेर आफ्नो घरमा फर्कियो। कसैले केही सुइँको पाएनन्।
००
खासमा त्यो वस्तु तिनीहरूका दिवंगत बाबुआमाको तस्बिर थियो।

 

२. निहुँ

बिहान।
श्रीमती सीताले आफ्ना श्रीमान् रामलाई कोठामा चिया ल्याइदिइन्। चियाको चुस्की लिँदै रामले भन्यो, ‘भरे दिउँसो मलाई चिया होइन, सुप ल्याइदेऊ ल !’
००
दिउँसो।
सीताले मसरुम सुप पकाएर दिइन्। रामले सुप खाँदै भन्यो, ‘मलाई त योभन्दा गुन्द्रुकको झोल नै मीठो !’
००
बेलुकी।
सीताले खाना पस्किसकेपछि गुन्द्रुकको झोल राखिदिंदै भनिन्, ‘आज दाल पकाइन है ! तत्काल रामले रिसाएर भन्यो, ‘तँलाई दाल नपका भन्या हो र !’
००
निस्तब्ध वातावरण।
००
अचानक दुई छोराहरू लव र कुशको आगमन। हल्ला व्याप्त। दुईले समवेत स्वरमा बोले, ‘मामु, मामु……….भोलि हामी आइसक्रिम खाने ल !’
००
घरको भान्सा कोठा मौन छ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved