प्रिय पात्र

नयाँ–पुराना दुवै पुस्ताका उपन्यास बेजोड

दौलतविक्रम विष्टको ‘चपाइएको अनुहार’ पनि मलाई मन परेको उपन्यास हो। सो उपन्यासका पात्रहरू चिन्ने र अनन्तेलाई म सदैव सम्झिन्छु। दौलत दाइसँग मेरो आत्मीय सम्बन्ध थियो र एक पटक मैले उहाँलाई सोधेको पनि थिएँ, ‘यति बेजोडको उपन्यास कसरी लेख्नुभयो दाइ ?’

नयाँ–पुराना दुवै पुस्ताका उपन्यास बेजोड

मैले पूर्ववर्ती र नयाँ, दुवै पुस्ताको लेखकका उपन्यासहरू पढ्दै आएको छु। त्यसमध्ये केही उपन्यास र त्यसका पाहरूले मलाई असाध्यै प्रभाव पारेका छन्।

मैले अध्ययन गरेका उपन्यासहरूमा बीपी कोइरालाको ‘सुम्निमा’ र ‘नरेन्द्र दाइ’ राम्रा लाग्छन्। यी दुईका साथै ‘तीन घुम्ती’ र ‘मोदी आइन’ गरी कोइरालाले चार वटा उपन्यास लेखे। उनका सबै उपन्यास मलाई विशिष्ट लाग्छन्। यी उपन्यासका पात्रहरू जसरी सिर्जना भएका छन्, पात्रहरूले जुन भूमिका निर्वाह गरेका छन्, जुन पात्रबाट उपन्यासको उठान भएको छ, ती सबै अति स्वाभाविक लाग्छन्।

पुराना उपन्यासहरूको कुरा गर्दा रुपनारायण सिंहको ‘भ्रमर’ का पात्रहरूले पनि मलाई आकर्षित तुल्याएको हो। सो उपन्यासको पात्रहरूले तत्कालीन दार्जीलिङको परिवेशलाई बुझ्न सघाउँछ। लीलबहादुर क्षेत्रीको ‘बसाइ’ ले तत्कालीन समयको कथा कहेको छ।

शैली, प्रस्तुतिलगायत हरेक कुराले इन्द्रबहादुर राईको ‘आज रमिता छ’ बेजोड उपन्यास लाग्छ मलाई। सो उपन्यासमा पात्रहरू थोरै छन् तर धेरै सन्देश दिएको छ, थोरै पात्रहरूबाट पनि। जुन पात्रहरूलाई उनले उपस्थिति गराए, ती पात्रलाई त्यत्तिकै छोडेका छन्। हुन त उनले एउटै मात्र उपन्यास लेखे। तर त्यही एउटा उपन्यासले दस वटा उपन्यास लेख्ने अरू उपन्यासकारहरूलाई झस्कायो।

दौलतविक्रम विष्टको ‘चपाइएको अनुहार’ पनि मलाई मन परेको उपन्यास हो। सो उपन्यासका पात्रहरू चिन्ने र अनन्तेलाई म सदैव सम्झिन्छु। दौलत दाइसँग मेरो आत्मीय सम्बन्ध थियो र एक पटक मैले उहाँलाई सोधेको पनि थिएँ, ‘यति बेजोडको उपन्यास कसरी लेख्नुभयो दाइ ?’

विष्टका अनुसार, दोस्रो विश्वयुद्धमा भाग लिन गएका नेपाली युवाले भनेका कथाका आधारमा लेख्नुभएको रहेछ। अरूका कुरा सुनेर लेख्नुभएको भए पनि उहाँले आफैँले प्रत्यक्ष भोगेर लेखेजस्तो लाग्छ, सो उपन्यास।

केही उपन्यास यस्ता छन्, जुन जति पटक पढ्यो, त्यसले नयाँ–नयाँ अर्थ दिँदै जान्छ। त्यसमा बीपी कोइरालाको ‘सुम्निमा’, ‘तीन घुम्ती’ र ‘नरेन्द्र दाइ’जस्ता उपन्यास पर्छन्। ‘आज रमिता छ’ र ‘चपाइएको अनुहार’ पनि मलाई त्यस्तै लाग्छन्।

कतिपय यस्ता उपन्यास पनि छन्, जसमा धेरै पाठकको आँखा पुगेको छैन। जसमा खगेन्द्र प्रधानांगको ‘हारी’ पनि हो। शिव अधिकारीको ‘आखेट’ पनि राम्रो उपन्यासमा गनिन्छ। सुन्दरप्रसाद दुःखीको ऐतिहासिक उपन्यास ‘कान्तवती’ पनि मलाई मन परेको उपन्यास हो। तर यी उपन्यासहरू राम्रा भए पनि त्यति धेरै चर्चा नपाएका उपन्यासमा पर्दछन्।

डा. धु्रवचन्द्र गौतमको दुई उपन्यास ‘अलिखित’ र ‘कट्टेल सरको चोटपटक’ मलाई विशेष लाग्छन्। उहाँका धेरै उपन्यास छन्, लगभग तीन दर्जनजति नै। मलाई ‘अलिखित’को पात्र अलैया प्रिय लाग्छ। हामी तराईमा बस्यौं, हुर्किँयौं। त्यो पात्रले तराईको जनजीवनलाई जीवन्त रुपमा बोकेको छ। उपन्यासमा केन्द्रीय पात्रकै रुपमा उभिएको छ। साधारण भए पनि विशिष्ट पात्र लाग्छ।

कृष्ण धरावासीको ‘शरणार्थी’ र ‘राधा’, नारायण ढकालको ‘प्रेतकल्प’ र नयनराज पाण्डेको ‘उलार’ ले पनि मलाई छोएका उपन्यासहरू हुन्।

कतिपय यस्ता उपन्यास पनि छन्, जसमा धेरै पाठकको आँखा पुगेको छैन। जसमा खगेन्द्र प्रधानांगको ‘हारी’ पनि हो। शिव अधिकारीको ‘आखेट’ पनि राम्रो उपन्यासमा गनिन्छ। सुन्दरप्रसाद दुःखीको ऐतिहासिक उपन्यास ‘कान्तवती’ पनि मलाई मन परेको उपन्यास हो। तर यी उपन्यासहरू राम्रा भए पनि त्यति धेरै चर्चा नपाएका उपन्यासमा पर्दछन्।

मलाई मन परेका पात्रहरूमा बीपी कोइरालाको ‘नरेन्द्र दाइ’को नरेन्द्र दाइ पनि हो। नरेन्द्र दाइको जस्तो चरित्र त मलाई मन पर्दैन। तर बीपीले जुन पात्र खडा गरे, त्यो पात्रले प्रतिनिधित्व गरेको जुन स्वरुप, कथा र हाम्रो सामाजिक बनोटको बयान छ, त्यसलाई जुन किसिमले प्रतिनिधित्व गराए, त्यो विशिष्ट छ। यो उपन्यासमा तराईको जनजीवनलाई छर्लङ्ग उतारेको छ।

तराईको समाज र जनजीवनलाई प्रतिनिधित्व गर्ने खालका उपन्यास लेख्नेहरूमा दुई दाजुभाइ ध.च गोतामे र ध्रुवचन्द्र गौतम हुन्। भवानी भिक्षुले पनि लेखे। तर तराईलाई पृष्ठभूमिमा राखेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएका छैनन्। ‘नरेन्द्र दाइ’ तराईकै पृष्ठभूमिमा लेखिएको उपन्यास हो।

मैले पछिल्लो समय पढेकोमध्ये बलदेव मजगैयाको उपन्यास ‘मानसी’ पनि राम्रो लाग्यो। सो उपन्यासलाई मैले सर्सर्ती पढेर छाडेको थिएँ तर उक्त उपन्यासले मलाई छोएको हुँदा दोहोर्या‍एर पढेँ। किनभने कुनै उपन्यासले मलाई छोयो भने दोहो¥याएर पढ्ने गर्छु। विशेषतः यो उपन्यासमा तीन वटा पात्र हर्ष, विनय र मानसी छन्।

यो त्रिकोणात्मक प्रेम उपन्यास हो। हर्ष र विनयको बीचमा मानसीलाई उभ्याइएको छ। धेरैजसो मानिसको घरझगडा हुन्छ, यो उपन्यासको मूल पात्र विनयले घरझगडा हुँदा घर छाडेर हिँडेको देखाइएको छ। यो उपन्यासमा करिब–करिब बीपी कोइरालाको ‘तीन घुम्ती’कै जस्तो कथा बनावट रहेको छ। विनयबाट सन्तान नभएपछि मानसीले आफ्नै साथी हर्षबाट सन्तान लिन्छन्। आकारले सानो भए पनि यो उपन्यासले राम्रो सन्देश दिएको छ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved