बालेनको समर्थन गर्दै रामकुमारी झाँक्रीले यस्तो लेखिन

नेपालभ्युज

बालेनको समर्थन गर्दै रामकुमारी झाँक्रीले यस्तो लेखिन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्री काठमाडौंका मेयर बालेन शाहको समर्थनमा उत्रिएकी छन् । सामाजिक संजालमा झाँक्रीले मेरो समर्थन मेयर बालेन जीलाई भन्दै प्रशंसा गरेकी छन् ।
उनले ९ वटा बुँदामा सुझाव दिँदै ‘म सधै तपाईको साथमा छु’ भनेर लेखेकी छन् । झाँक्रीले आफू मन्त्री हुँदा थुप्रै अतिक्रमण हटाउन खोजेको तर दबाबका कारण स्थगन गर्नुपरेको गुनासो पनि गरेकी छन् ।
बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको तर पछि चुनाव आयो अहिले नगरौं भन्ने दबाब आएकाले स्थगत गर्नुपरेको उनको दाबी छ । झाँक्रीले अब उपत्यकाका नदी किनारको अतिक्रमण हटाउनुपर्ने सुझाव पनि दिएकी छन् । आफ्नो कार्यकाल लामो नभए पनि केही योजना बनेको भन्दै उनले ईमान्दार प्रयास सफल हुने कामना पनि गरेकी छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved