नाम र कागजपत्र दुरुपयोग गर्नेलाई तुरुन्त कारबाही होस् -केकी अधिकारी

नेपालभ्युज

नाम र कागजपत्र दुरुपयोग गर्नेलाई तुरुन्त कारबाही होस् -केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारबाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन् ।

उनले ‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले कुनै पनि सम्झौता नगरेको समेत उनले प्रष्ट पारेकी छन् ।

बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको भन्ने विषयमा समाचार प्रकाशन भएपछि केकीले त्यसको खण्डन गर्दै  सामाजिक सञ्जालमा ध्यानाकर्षणसमेत गराएकी छन् ।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डी ’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’, केकीले अगाडि लेखेकी छन् ‘मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनैपनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन ।’

फिल्म छायाङ्कनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो ।

यो पनि‍‍‍…
फिल्म सुटिङका नाममा भिसा माग्दा पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग, मानव तस्करीको आशंका

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved