विराटनगर । विराटनगरमा मङ्गलबार साँझ दुई समूहबीच हानाहान हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ ।
पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
हानाहान हुँदा सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी अजय राजवंशी, र धनपथ राजवंशी घाइते भएका छन् ।उनीहरू राजवंशीको समूहका हुन् ।कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए
Facebook Comment
Comment