एमाले बैठक : एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्ने

नेपालभ्युज

एमाले बैठक : एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्ने

काठमाडाैं ।   नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि एकल बहुमतको सरकार बनाउने घोषणासहित  चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै बैठकले आगामी उम्मेदवार छनाेटको मापदण्ड प्रस्ताव गरेको छ ।  गुरुङका अनुसार प्रस्तावित प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।

बैठकले यसअघि सचिवालय बैठकहरुले गरेका निर्णयलाई अनुमोदन समेत  गर्नुका साथै पार्टीको वार्षिक बजेट पारित गरेको छ ।

त्यस्तै बैठकमा स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि अनुमोदनबारे जानकारी गराइएको छ  ।

बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए।

चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिका बारेमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

एमालेको पोलिट्व्युरो बैठक भदाै ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved