सुर्खेतमा कालोपट्टी बाँधेर काम गर्दै कर्मचारी

नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुर्खेतमा सोमबार निजामति कर्मचारीले कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। कर्णाली प्रदेशका मन्त्रालय, जिल्लास्थित कार्यालय र स्थानीय तहका कार्यरत निजामती कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्न थालेका हुन्।

नेपालभ्युज

सुर्खेतमा कालोपट्टी बाँधेर काम गर्दै कर्मचारी

सुर्खेत। नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुर्खेतमा सोमबार निजामति कर्मचारीले कालोपट्टी बाँधेर काम गर्न थालेका छन्।

कर्णाली प्रदेशका मन्त्रालय, जिल्लास्थित कार्यालय र स्थानीय तहका कार्यरत निजामती कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्न थालेका हुन्।
देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सुर्खेतमा पनि कार्यालय अगाडी मागसहितको कालो ब्यानर राख्ने र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।

निजामती क्षेत्रका पाँच वटा सङ्गठनहरू नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्चले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका थिए।

निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरूले विरोध गरिरहेका छन्। विरोधका थप कार्यक्रम नआउञ्जेलसम्मका लागि कालोपट्टी बाँधेर काम गरिने नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved