माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

पुनः  बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।   माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved