माओवादीमा यी नेता बन्दैछन् पदाधिकारी, जनार्दन र वर्षमानको लडाइँले महासचिव देव गुरुङको पोल्टामा

प्रचण्डले बिहीबार स्थायी कमिटी बैठकमा नाम सुनाउने

गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपमहासचिव बनाउने सोचमा प्रचण्ड रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । महासचिवमा पम्फा भुसाल र हरिबोल गजुरेलले पनि दाबी गरिरहेका छन् । तर प्रचण्डले यी दुबैलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

नेपालभ्युज

माओवादीमा यी नेता बन्दैछन् पदाधिकारी, जनार्दन र वर्षमानको लडाइँले महासचिव देव गुरुङको पोल्टामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बिहीबार पदाधिकारी टुङ्गो लगाउँदैछ । यस्तै स्थायी कमिटी र पोलिटव्यूरोमा रहनेको नाम पनि आजै घोषणा गर्ने तयारी छ ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पदाधिकारीको नाम लिएर आउने बताएका थिए । सोही अनुसार आजको  बैठकमा उनले नाम पढेर सुनाउने बताइएको छ ।

अध्यक्ष पछिको शक्तिशाली मानिएको महासचिवमा देव गुरुङलाई ल्याउने प्रचण्डको तयारी छ । उक्त पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गर्दै आएका थिए । दुईजनाको लडाइँका कारण तेस्रो ब्यक्तिलाई महासचिव बनाउने प्रचण्डको तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।

वरिष्ठताका आधारमा गुरुङलाई महासचिव बनाएर शर्मा र पुनलाई उपमहासचिव बनाउने सोचमा प्रचण्ड रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । महासचिवमा पम्फा भुसाल र हरिबोल गजुरेलले पनि दाबी गरिरहेका छन् । तर प्रचण्डले यी दुबैलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । गजुरेल यसअघि कोषाध्यक्ष भैसकेका छन् ।

माओवादीको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष, महासचिव १, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम यसअघि नै तय भैसकेको छ ।

उपाध्यक्ष, उपमहासचिव तथा सचिवहरुको संख्या किटान गरिएको छैन ।  शर्मा र पुनसँगै गिरीराजमणी पोखरेल पनि उपमहासचिव बन्ने बताइएको छ । पुन र पोखरेल यसअघि सचिव भैसकेका छन् ।

लिलामणी पोख्रेल, मातृका यादव, शक्तिबहादुर बस्नेत, गणेश शाह लगायतलाई सचिव बनाउने प्रचण्डको तयारी छ । यसअघि महाधिवेशनमा अध्यक्षवाहेकका  पदाधिकारी पछि टुङ्याउने भनेर थाँति राखिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved