साउथ ‘सालार’ र बलिउड ‘फाइटर’ भिड्दै, कसले मार्ला बाजी

नेपालभ्युज

साउथ ‘सालार’ र बलिउड ‘फाइटर’ भिड्दै, कसले मार्ला बाजी

काठमाडौं । बलिउड फिल्मका लागि साउथ फिल्म दिन प्रतिदिन भारी पर्दै छ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामी वर्षको सेप्टेम्बर २८ मा रिलिज मिति तोकेको हो । यही मितिमा अभिनेता ऋतिक रोशनको ‘फाइटर’ पनि रिलिज हुँदै छ ।

दुवै स्टारबीच निकै कडा प्रतिस्पर्धा हुने फिल्मले देखाएको छ । बलिउड ट्रेन्डलाई ध्यानमा राख्दै ऋतिक रोशनका लागि बक्स अफिसमा ‘सालार’को सामना गर्नु धेरै चुनौतीपूर्ण हुनसक्छ । ऋतिक यसअघि, २०१९ मा ‘वार’ देखिएका थिए । करिब ४ वर्षको अन्तरालमा उनी पर्दामा देखिन लागेका हुन् । त्यसैले, फाइटरबाट उनले निकै आस गरेका छन् । प्रभासको फ्यान फलोइङ हेर्दा यो भिडन्तले उनलाई असर पर्ने देखिन्छ ।

प्रभास ‘बाहुबली’ बाट सुपरस्टार बनेका कलाकार हुन् । प्रभासको ‘बाहुबली २’ पनि बम्पर साबित भयो । त्यसपछि आएको ‘साहो’ले औसत व्यापार गरे पनि ‘राधे श्याम’ भने नराम्रोसँग फ्लप भयो । त्यसैले, प्रभास पनि आफ्नो करियरलाई बलियो बनाउन ‘सालार’ को प्रतीक्षामा छन् ।

‘फाइटर’ लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । ऋतिकको अलावा फिल्ममा दीपिका पादुकोण र अनिल कपुरको पनि मुख्य भूमिका छ । ‘सालार’ पनि प्रभासको अलावा श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुको अभिनय देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved