‘युवा संघले काठमाडौंमा उठाएको फोहोर कहाँ बिसर्जन भयो ?’

नेपालभ्युज

‘युवा संघले काठमाडौंमा उठाएको फोहोर कहाँ बिसर्जन भयो ?’

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शनाले युवासंघले काठमाडौंमा उठाएको भनिएको फोहोरको बिसर्जन कहाँ भइरहेको छ भन्ने प्रश्न गरेकी छन् । मंगलबार समाजिक संजालमा एक सन्देश लेख्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

‘युवा संघले काठमाडौंको ठाउॅठाउॅबाट फोहोर उठाएर राम्रो काम गरिरहेको छ। त्यो उठाएको फोहोरको बिसर्जन कहॅा भइरहेको छ ? कसैलाई थाहा छ ?’, उनले लेखेकी छन् ।

काठमाडौं महानगरले नियमित फोहोर फ्याक्ने स्थानमा पुग्न अवरोध भइरहँदा उनीहरूले चाहिॅ फोहोर कता लगे भन्ने उनको प्रश्न छ । उनले काठमाडौको १० क्षेत्रकै सासंदले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानिय सरकार सॅग काम गर्नुपर्ने र काम गर्न पाउनुपर्ने बताएकी छन् ।

उनले आगामाी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट चुनाव लड्ने र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधानको लागि आफू र आफ्नो टिमले सहयोग गर्ने समेत बताएकी छन् ।

यस्तो छ उनको स्टाटस 
युवा संघले काठमाडौंको ठाउॅ ठाउॅ बाट फोहोर उठाएर राम्रो काम गरिरहेको छ। त्यो उठाएको फोहोरको बिसर्जन कहॅा भइरहेको छ? कसैलाई थाहा छ?
महानगरपालिकाले नियमित फोहोर फ्याक्ने स्थानमा पुग्न अबरोध भइरहॅदा, वहॅाहरूले चाहिॅ कता लगि रहनु भएको छ फोहोर?
काठमाडौको १० क्षेत्रकै सासंदले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानिय सरकार सॅग काम गर्नुपर्छ, काम गर्न पाउनुपर्छ । म आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौ ५ बाट उम्मेदवार हुदैछु त्यसैले यस क्षेत्रको धेरै समस्याहरू मध्येको एक “फोहोर व्यवस्थापन” को दिर्घकालिन समाधानको लागि म र मेरो टिम सहयोग, साथ दिन तैयार छॅौ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved