दल दर्ताको लागि आज अन्तिम दिन, ६२ दल दर्ता, कांग्रेस आयोग जाँदै

निर्वाचनमा भाग लिन हिजो सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

नेपालभ्युज

दल दर्ताको लागि आज अन्तिम दिन, ६२ दल दर्ता, कांग्रेस आयोग जाँदै
फाइल फोटो

काठमाडौं। आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज मङ्गलबार सकिँदैछ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन् । तीमध्ये निर्वाचनमा भाग लिन हिजो सोमबारसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रमुख दलमध्ये नेपाली कांग्रेसले मङ्गलबार दल दर्ता गर्दैछ । दल दर्ताको लागि सबै प्रक्रिया र कागजात तयारी अवस्थामा रहेको र दिउँसो आयोग पुगेर दर्ता गराउने मूख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल भ्युजलाई जानकारी दिए।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved