फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन : गगन थापा

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमाथिको राजनीति   स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसको स्थानीय तहका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा  सहभागी हुन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरमा जो कसैले राजनीति गरे पनि स्वीकार्य नहुने बताएका हुन् ।

फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताएका उनले भने, ‘मन्त्रालयले धादिङ र नुवाकोट प्रभावित क्षेत्रका जनप्रतिनिधि सहित सबै सम्बन्धितलाई एकै ठाउँमा राखेर छलफल गराउनुपर्छ । ’

जुनसुकै दल सहभागी भए पनि फोहोरलाई राजनीति गरे ठिक नहुने भन्दै उनले शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको लागि अग्रसरता लिनुपर्न बताए ।

‘मैले शहरी विकास मन्त्री मेटमणी चौधरीसँग कुरा समेत गरिसकेको छु, उहाँ काठमाडौं बाहिर हुनुहुँदो रहेछ सचिवलाई भन्नुस भनेको छु । तत्काल छलफल अगाडी बढाउनुको विकल्प छैन । अब शान्त भएर एकठाउँमा बसेर निष्कर्शमा पुग्नुपर्छ ।’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved