राष्ट्रपति भवन अगाडि निहारिकाले गरिन आत्मदाह प्रयास

नेपालभ्युज

राष्ट्रपति भवन अगाडि निहारिकाले गरिन आत्मदाह प्रयास

काठमाडौं। एक महिलाले राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी छिन्। न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नो शरीरमा पेट्रोल खन्याए पनि आगो लगाउन भने भ्याइनन्।

निहारिकाले गत २० साउनबाट आमरण अनशन शुरू गरेकी थिइन्। वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ। उनलाई प्रहरीले महाराजगन्ज वृत्तमा लगेको छ। निहारिकाको एक साथीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved